यसकारण विशेष छन् बुमराह !

29 Dec, 2024

वर्तमान समयका सबैभन्दा उत्कृष्ट बलर जसप्रित बुमराहले टेस्ट क्रिकेटमा २ सय विकेटको आँकडा पार गरेका छन्।

टेस्ट करियरमा धेरै रोमाञ्चक विकेट लिने बलर बुमराहको २००औँ विकेट भने तुलनात्मक रूपमा सामान्य थियो– ट्रविस हेडले सिधै मिडविकेटमा क्याच दिए।
विकेट सामान्य भएपनि उनले यो उपलब्धि अद्भुत तथ्यांकसहित हासिल गरे। जसले बुराहलाई महान बलरहरूको सूचीमा पुनः स्थापित गराएको छ।

छिटो २ विकेट विकेट लिनेका बलरको सूचमा उनी १३औं स्थानमा छन्। बुमराहले आफ्नो ४४औँ टेस्ट खेल्दा यो कीर्तिमान बनाए। अहिलेसम्म ८५ खेलाडीले २ सय बढी टेस्ट विकेट लिएका छन्।

तर, बलिङ औसतको हिसाबले बुमराह सूचीको शीर्ष स्थानमा छन्, जहाँ उनले प्रति विकेट १९.५६ रन मात्र खर्चिएका छन्। योसँगै २ सय विकेट लिँदा ४ हजारभन्दा कम रन खर्च गर्ने उनी पहिलो बलर बनेका छन्। बनाउँछ। एनले ३९१२ रन खर्चिका छन्।

बुमराहको स्ट्राइक रेट ४२.४ छ– जसको अर्थ उनी प्रत्येक सात ओभरमा एक विकेट लिन्छन्। यो दर वकार युनिस, डेल स्टेन र कागिसो रबाडापछिको चौथो उत्कृष्ट हो।

दक्षिण अफ्रिका, इंग्ल्यान्ड, न्युजिल्यान्ड र अस्ट्रेलियामा बुमराहको प्रदर्शन विशेष र उत्कृष्ट छ। यी देशहरूमा उनले भारतीय फास्ट बलहरुमध्ये सबैभन्दा धेरै विकेट लिएका छन्। उनले आफ्ना २ सय विकेट मध्ये यी चार देशमा कुल १४२ विकेट लिएका छन्।

बुमराहका २ सय विकेटमध्ये ६४ विकेटमा शीर्ष तीन ब्याटरको छ। उनले ओपनरलाई ५० पटक (२५%) आउट गरेका छन् भने तेस्रो नम्बरका ब्याटरलाई १४ पटक (७%) आउट गरेका छन्। चौथो नम्बर प्रायः टोलीको उत्कृष्ट ब्याटर हुने गर्दछन्, र बुमराहले उनलाई ३० पटक (१५%) आउट गरेका छन्। शीर्ष चार विकेटको प्रतिशत (४७%)मा बुमराह भारतको उत्कृष्ट बलर हुन्।

सबै ब्याटरहरूमध्ये बुमराहले जो रुटलाई सबैभन्दा धेरै पटक (९ पटक) आउट गरेका छन्। दोस्रो स्थानमा प्याट कमिन्स छन् (८ पटक) र तेस्रो स्थानमा ट्राभिस हेड (६ पटक) छन्, जसलाई बुमराहले एमसीजी टेस्टमा दुई पटक आउट गरे।

क्रिकेटका तीनै फर्म्याटमा उत्तिकै उत्कृष्ट रहेका बुमराहले ‘वर्कलोड म्यानेजमेन्ट’का कारण थुप्रै टेस्ट गुमाएका छन्। सन् २०१८ मा डेब्युपछि उनले घरमा भएका ३० मध्ये १८ टेस्ट चोट वा ‘वर्कलोड म्यानेजमेन्ट’का कारण गुमाएका छन्। विदेशीभूमिमा भने उनले चोटका कारण ८ टेस्ट गुमाएका छन्।

नतिजाको रूपमा, बुमराहका प्रारम्भिक २०० विकेटमध्ये १५३ विदेशमा आएका छन्। घरेलु मैदानमा उनको औसत भने अझ राम्रो छ, जुन विदेशका अद्भुत तथ्यांकहरूभन्दा पनि उत्कृष्ट छ।

बुमराहको भारतका २० टेस्ट जितमा ११० विकेटको औसत १४.४ छ। यो सूचीमा १०० विकेटभन्दा धेरै लिने अन्य तीन भारतीय बलरहरू सबै स्पिनरहरू हुन्, अनिल कुम्बले, रविचन्द्र आविश्वन र रविन्द्र जडेजा हुन्। उनीहरुको औसत क्रमशः१८.७५, १८.९९ र १९.६५ छ।