सामग्रीमा जानुहोस्
शुक्रबार, असोज ३०, २०८३

रोनाल्डोले ‘रोड्रीले बालोन डे’ओर पाउनु अनुचित’ भनेपछि क्रुद्ध बने रोड्री

वर्षको बालोन डे’ओर निकै विवादस्पद बन्यो। गत महिना भएको भव्य समारोहबीच बालोन डे’ओर विजेता इंग्लिस क्लब म्यान्चेस्टर सिटीका स्पेनिस मिडफिल्डर रोड्रीलाई दिइयो।

अवार्ड वितरण हुनु केही घण्टाअघिसम्म अवार्ड रियल मड्रिडका ब्राजिलिय स्टार भिनिसियस जुनियरले पाउने निश्चत भएको बताइएको थियो। तर, अन्तिम समयमा अवार्ड रोड्रीले पाए।

भिनिसियसले अवार्ड नपाउने निश्चित भएपछि पेरिज जान ठिक्क परेको रियल मड्रिडको टोलीले समारोह बहिष्कार ग¥यो। रियलका कोही समारोहमा सहभागी भएनन्। यसले अवार्डलाई थप विवादित बनायो।

यही क्रममा पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले रोड्रीले बालोन डे’ओर पाउनु अनुचित भएको प्रतिक्रिया दिएपछि विवाद पुन चर्किएको छ। रोनाल्डोले यसैसाता दुबईमा ग्लोब सकर अवार्ड वितरण समारोहमा बालोन डे’ओरको हकदार भिनिसियस जुनियर भएको बताउँदै रोड्रीलाई दिइनु अनुचित भएको बताएका थिए।

‘भिनिसियसले बलोन डि’ओर जित्नुपथ्र्यो, मेरो विचारमा यो स्पष्ट थियो,’ रोनाल्डोले भने, ‘यो अनुचित थियो। यही कारणले मलाई ग्लोब सोकर अवार्ड मन पर्छ, यो विवादरहित छ।’

सो समारोहमा भिनिसियस जुनियरले वर्षको उत्कृष्ट खेलाडीको अवार्ड पाएका थिए भने रोनाल्डोले बेस्ट गोलस्कोरर र मिडलइस्टको उत्कृष्ट खेलाडीको अवार्ड पाएका थिए।

५ पटकका बोालेन डे’ओर विजेता रोनाल्डोको यस्तो प्रतिक्रियापछि चोटमुक्त हुने प्रयासमा रहेका रोड्री क्रुद्ध बनेका छन्। एक स्पेनिस पत्रिकासँगको कुराकानीमा रोड्रीले रोनाल्डको यस्तो प्रतिक्रिया आश्चर्यजनक भएको बताएका छन्।

‘यो वास्तवमै आश्चर्यजनक थियो, किनभने उनले यो पुरस्कारले कसरी काम गर्छ र विजेता कसरी चयन गरिन्छ भन्ने सबैभन्दा राम्रोसँग बुझेका छन्,’ रोड्रीले भने, ‘यस वर्ष मतदान गर्ने पत्रकारहरूले मलाई जित्न योग्य ठानेका छन्। सायद, ती नै पत्रकारहरूले कुनै बेला उन (रोनाल्डो)लाई जित्न योग्य ठानेका थिए, र मलाई लाग्छ त्यतिबेला उनले सहमति जनाएका थिए।’

अघिल्लो सिजन रोड्रीले प्रदर्शन उत्कृष्ट थियो। सिटीलाई लागतार चौथो पटक प्रिमियर लिग च्याम्पियन बनाउन उनको भूमिका सबैभन्दा महत्वपूर्ण थियो भने स्पने युरोकप च्याम्पियन बन्दा पनि उनी मुख्य खेलाडी थिए। उनी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी बनेका थिए।

सेयर गर्नुहोस्

1.5KShares