ग्लोब सकर अवार्डामा भिनिसियस बने सर्वोत्कृष्ट खेलाडी, अन्य क-कसले जिते अवार्ड?

28 Dec, 2024
Share:
117 Shares

रियल मड्रिडका ब्राजिलियन स्टार स्ट्राइकर भिनिसियस जुनियरले वर्ष खेलाडीको अवार्ड जितेका छन्। शुक्रबार राति भएको एक समारोहमा भिनियिसलाई ‘ग्लोब सकर’ अवार्डमा वर्षको सर्वोत्कृष्ट खेलाडीको अवर्डा प्रदान गरिएयो।

अघिल्लो सिजन रियललाई च्याम्पियनस लिग, ला लिगा च्याम्पियन बनाउन उनको भूमिका सबैभन्दा धेरै थियो। गत महिनामात्र उनले ‘फिफा बेस्ट अवार्ड’ जितेका थिए।

महिलातर्फको वर्ष खेलाडी अवार्ड बालोन डे’ओर विजेता बार्सिलोनाक एइटाना बोनमतीले जितेकी छिन्।

रियलका लागि डेब्यू सिजनमै उत्कृष्ट प्रदर्शन गरेका जुड बेलिङ्हमले २ अवार्ड जिते । उनले उत्कृष्ट मिडफिल्डर र म्याराडोना अवार्ड जिते।

यस्तै, रियलकै प्रशिक्षक कार्लो एन्सोलाटी उत्कृष्ट प्रशिक्षक बन्दा रियलले उत्कृष्ट क्लबको अवार्ड प्राप्त गरेको छ। यस्तै, बार्सिलोनाका युवा स्ट्राइकर लमिन यमालले इमर्जिङ प्लेयरको अवार्ड तिजे।

अन्य क–कसले जिते अवार्ड?

बेस्ट एजेन्ट– जोर्गे मेन्डिस
बेस्ट स्पोर्टिङ डाइरेक्टर– पिएरो ओसिलो
बेस्ट क्लब (महिला)– बार्सिलोना
बेस्ट क्लब (मिडल इस्ट)– अल अइन
बेस्ट मिडल इस्ट प्रशिक्षक– जर्गे जेसुस
स्पेसल करिअर अवार्ड– फ्लोरेन्टिनो पेरेज, अलेसान्द्रो डेलपिएरो
प्लेयर करिअर अवार्ड– रियो फर्डिनान्ड, नेमार जुनियर, थिवो कोर्टुवा