सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

दीपेन्द्र र गुल्सनसहित ६ नेपाली खेलाडी पिएसलको ड्राफ्टमा, सन्दीप परेनन्

पाकिस्तान सुपर लिगको नयाँ सिजनको हुने खेलाडी ड्राफ्टमा नेपाल ६ खेलाडी परेका छन्।

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले बुधबार निकालेको खेलाडी ड्राफ्टको सूचीमा नेपालबाट स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी, गुल्सन झासहित ६ खेलाडीको नाम परेको छ।

ड्राफ्टको सूचीमा रहका अन्य खेलाडीमा ओपनर तथा विकेट किपर व्याट्सम्यानद्वय आसिफ सेख र अर्जुन साउद, देव खनाल र सोमपाल कामी छन्।

नेपालका सबै खेलाडीको नाम ड्राफ्टको सूचीमा सिल्भर क्याटेगोरीमा छ। यो क्याटेगोरीका खेलाडीले न्युनतम १५ हजारदेखि अधिकतम २५ हजार अमेरिकी डलर पाउने छन्।

यता, लाहोर कलन्सदर्सबाट पिएसएल खेलिसकेका सन्दीप लामिछानेले भने यो पटक ड्राफ्टमा नाम पठाएनन्। सन्दीप पिएसएज खेल्न एकमात्र नेपाली खेलाडी हुन्।

पिएसलको ड्राफ्ट १३ जनवरीमा हनेछ।

सेयर गर्नुहोस्

1.3KShares