कप्तान पुजा भन्छिन्- विश्वकप यात्रा अविश्वसनीय छ, हामीले निकै मेहनत गरेका छौं

17 Jan, 2025
Share:
117 Shares

यू १९ महिला विश्वकपको दोस्रो संस्करण भोलिबाट मलेसयामा सुरु हुँदैछ।

प्रतियोगितामा नेपाल पनि सहभागी छ। यो प्रतियोगिता नेपाली महिला क्रिकेटको आईसिसीको डेब्यू प्रतियोगिता हो। नेपाली टिमलाई पुजा महतोले नेतृत्व गरिरहेकी छिन्।

प्रतियोतिगामा नेपाल बंगलादेश, अस्ट्रेलिया र स्कटल्यान्डसँगै समूह डीमा छ। नेपाल शनिबार बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ।

प्रतियोगिताअघि मलेसियामा आयोजित प्रिम्याच कन्फ्रेन्समा कप्तान पुजा महतोले यो यात्रा एक अविश्वसनीय यात्र भएको बताएकी छिन्। उनले महिनौं गरेको निरन्तरको मेहनत कै कारण आफू यहाँ आइपुगको बताउँदै बताइन्।

‘इमान्दारीका साथ भन्नुपर्दा, यो एक अविश्वसनीय यात्रा भएको हो। हामीले यो स्तरमा पुग्नका लागि महिनौंसम्म निरन्तर मेहनत गरेका छौं, कडा परिश्रम गरेका छौं,’ उनले भनिन्, ‘हामीले प्रतियोगिताका लागि राम्रो तयारी र प्रशिक्षण गरेका छौं, आफ्ना कमजोरीहरूमा काम गरेका छौं, र हाम्रो खेल योजना परिष्कृत गरेका छौं।’

२ महिनाअघि युएईमा भएको एसिया छनोटको फाइनलमा युएईलाई पराजित गर्दै नेपालले पहिलो पटक विश्वकप स्थान बनाएको थियो। विश्वकप छनोट भएपछि अघिल्लो महिना नेपालले मलेसियामै एसिया कप पनि खेलेको थियो। जसमा नेपालले पाकिस्तानलाई हराएको थियो।