विकेट पिकपर ब्याट्सम्यान ऋषव पन्त आईपिएल टिम लखनउ सुपर जायन्ट्सको कप्तान बनेका छन्। लखनउले एक भव्य समारोहबीच ऋषवलाई कप्तनीको जिम्मेवारी दिएको हो।
२ महिनाअघि भएको मेगा अक्ुसनमा लखनउले ऋषवलाई आईपिएल इतिहासकै महँगो मूल्य २७ करोडमा टिममा अनुबन्धन गरेको थियो।
यसअघि ऋषवले सन् २०२१, २०२२ र २०२४मा दिल्ली क्यापिटल्सको कप्तानी गरेका थिए।
ऋषवलाई कप्तानको जिम्मेवारी दिँदै क्लबका मालिक सञ्जिव गोयन्काले आफूलाई ऋषव जन्मजात नै लिडर लाग्ने बताए।
‘मलाई ऋषव जन्मजात नै लिडर लाग्छ। उनी जवर्जस्त कप्तान हुन्, उनी एक दिन आईपिएलकै उत्कृष्ट कप्तान बन्न सक्छन्,’ उनले भनेका छन्, ‘मानिस आईपिएलको सफल कप्तानका रुपमा धोनी र रोहितलाई राख्छन्, १०–१२ वर्षपछि यो सूचीमा ऋषव पनि थपिने छन्।’
यअसघि लखनउको कप्तानी केएल राहुलले गरेका थिए। उनको कप्तानीमा लगातार दुई सिजन सिजन प्लेफमा पुगेको थियो।