सन्दीपमाथि लाग्यो एक खेलको प्रतिबन्ध

21 Jan, 2025

नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने कारबाहीमा परेका छन्। सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान)ले कारबाही गरेको हो।

अम्पाएरको निर्णयमा सामाजिक सञ्जालफर्मात प्रश्न गरेपछि क्यानले सन्दीपलाई कारबाही गरेको हो।

गत साता सम्पन्न दुई दिवसीय क्रिकेट जय ट्रफी चलिरहेका बेला सन्दीपले समाजिक सञ्जालमार्फत नेपालमा अम्पायरिङको स्तर निकै कमजोर भएको भन्दै त्यसलाई सुधार गर्नुपर्ने बताएका थिए।

आफूहरुले कप्तानको रिपोर्टमा यी कुराहरु उल्लेख गरेपनि कुनै परिवर्तन नभएको सन्दीपले लेखेका थिए। खेल र खेलाडीको विकासमा गुणस्तरीय अम्पायरिङ महत्वपूर्ण रहेको उनले बताएका थिए।

सोही स्टाट्स लेखेवापत क्यानले सन्दीपलाई अनुशासनको कारबाही गर्दै १ खेलको प्रतिबन्ध लगाएको हो। अब उनले क्यानले आयोजना गर्ने प्रतियोगिताको एक खेल गुमाउने छन्। कारबाही अघि क्यानले सन्दीपलाई स्पष्टिकरण सोधेको क्यानले जनाएको छ।

म्याच रेफ्री र टेक्निकल कमिटीको निर्णयअनुसार सन्दीपलाई कारबाही गरिएको क्यानले जनाएको छ। क्यानको आचारसंहिताको २.७ को उल्लंघन गरेको बताइएको छ।

जनकपुर र वीरगञ्जमा भएको जय ट्रफीमा सन्दीपले बागमती प्रदेशको कप्तानी गरेका थिए। जसमा उनको टिमले २ बराबरी र १ खेल हारेको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]