सुपर सिक्सको झिनो आशासहित बलियो अस्ट्रेलियासँग खेल्दै नेपाल

22 Jan, 2025

मलेसियामा जारी आईसीसी यु–१९ महिला टी–२० विश्वकपमा आज नेपालले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ।

बांगीमा सवा १२ हुने खेलमा अस्ट्रेलियासँग खेल्दा नेपाललाई सुपर सिक्स पुग्ने झिनो आशा हुनेछ। समूह डीबाट सुपर सिक्समा पुग्न नेपालले आज बलियो अस्ट्रेलियालाई हराउनै पर्ने छ, तर त्यो नेपालका लागि निकै कठीन हुनेछ।

बलियो अस्ट्रेलियालाई हराउने हो भने नेपालले ब्याटिङ, फिल्डिङ र बलिङमा सबैमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ।

समूह डीमा अस्ट्रेलिया अपराजित छ भने नेपाल जितबिहीन छ। नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्यान्डसँग जित नजिक पुगेर पनि १ विकेटले पराजित भएको थियो।

यता, अस्ट्रेलियाले भने स्टकल्यान्डलाई ९ विकेटले हराउँदा बंगलादेशमाथि २ विकेटको जित निकालेको थियो।

अस्ट्रेलिया दुई जितसहित चार अंकका साथ समूहको शीर्ष स्थानमा छ । बंगलादेश र स्कटल्याण्ड समान दुई अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् भने अंकबिहीन नेपाल अन्तिममा छ ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]