अस्ट्रेलियाले दियो नेपाललाई १४० रनको ठूलो लक्ष्य

22 Jan, 2025
Share:
117 Shares

मलेसियामा जारी आईसिसी यू–१९ महिला विश्वकपको समूहको अन्तिम खेलमा नेपालले १४० रनको विशाल लक्ष्य पाएको छ। बांगीमा टस जितेर पहिला ब्याटिङ गर्दै अस्ट्रलियाले नेपाललाई १४० रनेका ठूलो लक्ष्य दिएको हो।

अस्ट्रेलियाले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १३९ रन बनायो । नेपालले बलिङमा राम्रो सुरुआत गर्दै अस्ट्रेलियालाई दबाबमा राखेको थियो। सुरुआतमा अस्ट्रेलिया १०–३को अवस्थामा थियो। त्यसपछि भने अस्ट्रेलिया खेलमा फर्किएको थियो।

उसका लागि काओइमी बेरीले सर्वाधिक ४५ रन बनाइन्। उनले ३४ बलमा समान ३ चौका र छक्का प्रहार गरिन्। यस्तै, इलेनोर लारोसाले ३९ बलमा ३१ रन बनाउँदा हसरात गिललले २१ बलमा ३० र च्लोइ अनिसोर्थले ९ बलमा १६ रन बनाइन्।

बलिङमा नेपालका लागि कप्तान पुजा महतोले ३ विकेट लिइन् भने सिमना केसीले २ र रिया शर्माले १ विकेट लिइन्।

सुपर सिक्समा पुग्न नेपाललाई यो खेल जित्दै पर्ने हुन्छ।