नेपाल अस्ट्रलियासँग ८३ रनले पराजित, नेपाल जितबिहीन, अस्ट्रेलिया समूह विजेता बन्दै सुपर सिक्समा

22 Jan, 2025
Share:
117 Shares

आईसिसी यू–१९ महिला टि–२० विश्वकपको समूहको अन्तिम खेलमा ८३ रनको फराकिलो अन्तरले पराजित भएको छ। बुधबार मलेसियाको बांगीमा भएको खेलमा नेपाल अस्ट्रलियासँग ८३ रनको फराकिलो अन्तरले पराजित भएको हो।

पहिला ब्याटिङ गर्दै अस्ट्रेलियाले दिएको १४० रनको ठूलो लक्ष्य पछ्याएको नेपालले ८ किवेटको क्षतिमा ५६ रन मात्रै बनाउन सक्यो। नेपालका लागि कप्तान पुजा महतोले १८ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

बलिङमा अस्ट्रेलियाका लिली बासिङ्थवाइथ, जुलिइट मोर्टोन र हर्षत गिलले समान २ विकेट लिए।

त्यसअघि पहिला टस जितेर पहिला ब्याटिङ अस्ट्रेलियाले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १३९ रन बनायो । नेपालले बलिङमा राम्रो सुरुआत गर्दै अस्ट्रेलियालाई दबाबमा राखेको थियो। सुरुआतमा अस्ट्रेलिया १०–३को अवस्थामा थियो। त्यसपछि भने अस्ट्रेलिया खेलमा फर्किएको थियो।

उसका लागि काओइमी बेरीले सर्वाधिक ४५ रन बनाइन्। उनले ३४ बलमा समान ३ चौका र छक्का प्रहार गरिन्। यस्तै, इलेनोर लारोसाले ३९ बलमा ३१ रन बनाउँदा हसरात गिललले २१ बलमा ३० र च्लोइ अनिसोर्थले ९ बलमा १६ रन बनाइन्।

बलिङमा नेपालका लागि कप्तान पुजा महतोले ३ विकेट लिइन् भने सिमना केसीले २ र रिया शर्माले १ विकेट लिइन्।

यो हारसँगै नेपाल यू–१९ विश्वकपमा जितबिहीन रह्यो। यसअघि नेपाल बंगलादेश र स्टकल्यान्डसँग पराजित भएको थियो। यता, अस्ट्रेलिया भने लगातार तेस्रो जित निकाल्दै समूह विजेताका रुपमा सुपर सिक्समा पुगेको छ। यो समूहबाट बंगलादेश र स्कटल्यान्ड पनि सुपर सिक्समा पुगेका छन्।