नेपाललाई १४१ रनको लक्ष्य, सिताले लिइन् पाँच विकेट

2 Feb, 2025
Share:
117 Shares

महिला टी२०आई श्रृंखलाको आफ्नो तेस्रो खेलमा नेपाललाई नेदरल्याण्ड्ससँग ठूलो लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेल जित्न पहिला ब्याटिङ गर्दै नेदरल्यान्ड्सले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनायो।

नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डे लिडेले सर्वाधिक ४१ रन बनाइन्। त्यस्तै हिथर सिगर्सले २६ रन बनाइन् । फेबे मोल्कनबोर र रोबिन रिकेले समान २१ रन बनाए ।

नेपालका लागि सिता राना मगरले ४ ओभरमा १२ रन दिएर ५ विकेट लिइन्। उनले करियरको दोस्रो पाँच विकेट फिगरको बलिङ गरेकी हुन् । यो उनको बेस्ट बलिङ समेत हो ।

मनिषा उपाध्यायले २ विकेट लिँदा कविता जोशी र इन्दु बर्माले १-१ विकेट लिए ।