पुजाको उत्कृष्ट ब्याटिङमा नेपालले दियो नेदरल्यान्ड्लाई १४६ रनको लक्ष्य

5 Feb, 2025

युवा ब्याट्सम्यान पुजा महतोले उत्कृष्ट ब्याटिङ गरेपछि घरेलु मैदानमा जारी त्रिकोणात्मक महिला टि२० सिरिजको पाँचौं खेलमा नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको चुनौतीपूर्ण लक्ष्य दिएकोछ।

कीर्तिपुरस्थित टियू मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४ विकेट गुमाउँदै १४५ रन बनायो। नेपालका लागि पुजाले सर्वाधिक ६२ रन बनाइन्। उनले ५१ बल खेल्दै ५ चौका प्रहार गरिन्।

यस्तै, कप्तान इन्दू बर्माले ३७ बलमा ५ चौका मद्दतमा ३९ रन बनाइन्। ७(२को दबाबपूर्ण अवस्थाबाट पुजा र इन्दूले तेस्रो विकेटका लागि ७८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। यस्तै, रुविना क्षेत्रीले २० रन बनाउँदा कविता जोशीले ७ रन बनाइन्।

बलिङमा नेदरल्यान्ड्सकी इरिक विलिङले २ विकेट लिइन्।

सिरिजमा नेपाल जित बिहीन छ भने नेदरल्यान्ड्सले २ खेल जितेको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]