देव खनालको कप्तानी इनिङ, बनाए अर्धशतक

26 Jan, 2024

दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपमा समूहको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध नेपाली टिमका कप्तान देव खनालले कप्तानी इनिङ खेलिरहेका छन्।

बफेलो पार्कमा १४६ रनको मध्यम लक्ष्य पछ्याइरहेको नेपालका लागि कप्तान देव खनालले कप्तानी इनिङ खेल्दै अर्धशतक बनाएका हुन्। देवले ३२औैं ओभरको पहिलो बलमा चौका प्रहार गर्दै अर्धशतक बनाए।

क्रिजमा टिकेर खेलिरहेका देवले ७३ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक बनाएका हुन्। देवको अर्धशतक मद्दतमा ३३औं ओभरको समाप्तिमा नेपालले ६ विकेटको क्षतिमा ११८ रन बनाएको छ।

अफगानिस्तानविरुद्ध जित निकाल्दै सुपर सिक्समा पुग्न नेपाललाई देव क्रिजमा टिकीरहन महत्वपूर्ण छ। अब नेपाललाई जितका लागि १७ ओभरमा २८ रन आवश्यकछ।

त्यसअघि नेपालका लागि आकाश त्रिपाठीले १६, अर्जुन कुमालले १० रन बनाए भने दीपक बोहराले १९ बलमा १७ रन बनाएर देवलाई क्रिजमा साथ दिइरहेका छन्।

अफगानिस्तानका खालिल अहमद र नासिर खानले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको अफागानिस्तान आकाश चन्दले ५ विकेट लिएपछि ४१.१ ओभरमा १४५ रनमा अलआउट भएको थियो।