किन चर्चा भइरहेको छ आसिफ शेखको ?

Read Time:2 Minute

टि–२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि नेपालसहित ओमान, युएई र आयरल्यान्डले चार देशीय टि–२० सिरिज खेल । सिरिजको अन्तिम दिन नेपालले आयरल्यानडविरुद्ध खेल्यो । खेलमा आयरल्यान्डलाई सस्तैमा समेटे पनि नेपालले जित भने निकाल्न सकेन।

नेपाली टिमले पराजय भोगेपनि नेपाली टिमका विकेटकिपर ब्याट्सम्यान आसिफ सेख चर्चामा छन् । र, विश्वभर क्रिकेट र समर्थकको प्रसंशा बटुलिरहेका छन्।

युवा ब्याट्सम्यान आसिफ खेलका कारण होइन, स्पोर्ट्सम्यानसिपका कारण चर्चामा आएका हुन् । आयरल्यान्डविरुद्धको खेलका क्रममा विकेटकिपर आसिफले देखाएको स्पोर्ट्सम्यानसिप विश्वभरको मिडिया र समर्थकको पनि ध्यान तानेको छ।

तर खेलमा एउटा अवस्था यस्तो थियो कि जहाँ आसिफले विपक्षी खेलाडीलाई सहजै रनआउट गर्न सक्थे, तर उनले त्यसो गरेन्। उनले १९औं ओभरको तेस्रो बलमा एन्डी म्याकब्रिनलाई सहजै रनआउट गर्ने अवस्थामा रनआउट गरेनन्

नेपालका कमलसिंह ऐरी १९औं ओभर बलिङ गर्दै थिए । ओभरको तेस्रो बलमा आयरल्याण्डका मार्क एडेर ओभरको तेस्रो बलमा रन लिन दौडिए । नन स्ट्राइकर एण्डबाट दौडिएका एन्डी म्याब्रिन भने कमलसँग अल्झेर लडे ।

एण्डी उठेर रन लिन दौडिए । तर त्यसअघि नै कमलले थ्रो गरेको बल आसिफले क्याच गरिसकेका थिए । जुन बेला उनले सहजै रनआउट गर्न सक्थे । तर आसिफले गरेनन् । आसिफले ब्याट्सम्यानले गल्ती नदेलेकोले खेल भावना देखाए ।

आसिफले देखाएको यो खेल भावनाको अहिले प्रशंसा भइसकेको छ । खेलकै क्रममा आइरिस कमेन्टेटर एन्ड्रयु लेनर्डले पनि उक्त क्षणको खुलेर प्रशंसा गरेका थिए । उनले आसिफले देखाएको खेल भावना ‘आईसीसी स्प्रिट अफ दि इअर २०२२’को दाबेदार भएको बताएका थिए।

फक्स स्पोर्ट्स अष्ट्रेलियाले भिडियो पोष्ट गर्नै ‘ब्रिलियन्ट स्पोर्ट्सम्यानसिप फ्रम नेपाल लेखेको छ ।’

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ८ महिनापछि मैदान फर्किए एरिक्सन
Next post च्यासल र ब्रिगेड बोइजले खेले बराबरी, दुवै टिम रेलिगेसनको जोखिममा
Close