यू–१९ एसिया कप : श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य

29 Nov, 2024
Share:
117 Shares

एसिसी यू–१९ एसिया कपको पहिलो खेलमा नेपालले २३४ रनको लक्ष्य पाएको छ।

युएईको सारजाहमा टस हाररेर पहिला ब्याटिङ गरेको श्रीलंका अन्तिम बलमा २३३ रनमा अलआउट भयो।

उसका लागि सरुजन सन्मुगनाथनले सर्वाधिक ६२ रन बनाए। उनले ९९ बल खेल्दै २ चौका प्रहार गरे। यस्तै, लकविन अभेसिंगले ५३ बलमा २ चौका र १ छक्का मद्दतमा ५० रन बनाए।

यस्तै, अन्तयतिर कविजा गमागेले ४४ बलमा ३७ रन बनाउँदा दुलनिथ सिगेरा र विमथ दिन्साराले समान २४ रन बनाए।

बलिङमा नेपालका सन्तोष यादवले १० ओभरमा ४५ रन दिएर ४ विकेट लिए भने युवराज खत्रीले २ तथा कप्तान हेमन्त धामी र नरेन साउदले सामान १ विकेट लिए।