सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

नेपाल र भारतबीचको खेल वर्षाले अवरुद्ध, भारत विजेता र नेपाल उपविजेताका रुपमा सुपर फोरमा

मलेसियामा जारी यू–१९ महिला एसिया कप क्रिकेटको नेपाल र भारतबीचको खेल वर्षाले अवरुद्ध भएकोछ।

क्वालाम्पुरस्थित बायुमास ओभलमा दोस्रो इनिङको खेल चोथौ ओभरमा चलिरहँदा भारी वर्षा भएपछि खेल रोकिएको हो।

खेल रोकिक्दा भारतले ३.१ओभरमा विनाक्षति २८ रन बनाएको थियो। त्यसपछि खेल हुन नसक्दा दुवै टिमले अंक बाँडेका छन्।

समूह एमा नेपाल र भारत दुवैले समान १ जितसहित समान ३ अंक जोडेका छन्। रन रेटका आधारमा भारत समूह विजेता र नेपाल समूह उपविजेताका रुपमा सुपर फोरमा प्रवेश गरेका छन्। दुवै समूहमा पाकिस्तानलाई हराएका थिए।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा ९४ रन मात्र बनाउन सकेको थियो।

नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन बनाइन्। उनले ४० लबमा ३ चौका प्रहार गरिन्। यस्तै, अलिसाकुमारी यादवले ९ बलमा ४ चौका प्रहार गर्दै २० रन बनाउँदा अन्यले भने दोहोरो अंकमा स्कोर बनान सकेनन्।

नेपाललाई सस्तैमा रोक्ने क्रममा भारतका परुनिका सिसोधियाले ४ विकेट लियने भने अनन्दिता किशोर र मिथिलाले समान १ विकेट लिए।

अब नेपालले सुपर फोरमा समूह बीका शीर्ष दुई टिम बंगलादेश र श्रीलंकासँग खेल्नेछ। नेपालले बिहीबार श्रीलंका र शुक्रबार बंगलादेशसँग खेल्नेछ। सुपर फोरका शीर्ष २ टिमले फाइलन खेल्ने छन्। फाइलन आगामी आइतबार हुनेछ।

सेयर गर्नुहोस्

1.2KShares