सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

महिला एसिया कपमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

Nepal team players during the ACC Women’s T20 Asia Cup 2024 match between Pakistan and Nepal at the Rangiri Dambulla International Cricket Stadium, Dambulla, Sri Lanka, on July 21, 2024. Photo Credit : Deepak Malik / Asian Cricket Council / CREIMAS RESTRICTED TO EDITORIAL USE

श्रीलंकामा जारी महिला एसिसी एसिया कप क्रिकेटमा नेपाल परातिज भएको छ। आइतबार साँझ भएको खेलमा नेपाल बलियो पाकिस्तानसँग ९ विकेटले पराजित भयो।

यो हारसँगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन भएको छ। भारत र युएई पनि रहेको यो समूहबाट लगातार दोस्रो जित निकाल्दै भारत सेमिफाइनलमा पुगेको छ। पहिलो खेलमा युएईलाई हराएको नेपालले अब अन्तिम खेलमा भारतसँग खेल्नेछ।

दाम्बुलामा टस हारेर ब्याटिङ गर्दै नेपालले दिएको १०९ रनको लक्ष्य पाकिस्तानले ११.५ ओभरमा एक विकेट गुमाएर भेट्टायो।

पाकिस्तानलाई सहज जित दिलाउन गुल फिरोजको अर्धशतक बनाइन्। उनले ३५ बलमा १० चौका प्रहार गर्दै ५७ रन बनाइन्। यस्तै, मुनिवा अलीले ३४ बलमा ८ चौका मद्दतमा ४६ रन बनाइन्।

गुल र मुनिवाले पहिलो विकेटका १०५ रनको उत्कृष्ट साझेदारी गर्दै पाकिस्तानलाई जित नजिक लगेका थिए। बलिङमा एकमात्र विकेट कविता जोशीले लिइन्।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १०८ रन बनायो। नेपालका लागि कविता जोशीले अविजित ३१ रन बनाइन् भने सीता राना मगरले २६ र पूजा महतोले २५ रन बनाइन्।

पुदा र कविताले छैठौं विकेटका लागि ५९ रनको महत्वपूर्ण साझेदारी गरेपछि नेपालले सम्मान जनक योगफल बनाउन सफल भएको थियो।

बलिङमा पाकिस्तानका सादिअ इक्वालले २ तथा फतिमा सनाले १ विकेट लिइन्।

सेयर गर्नुहोस्

1.5KShares