सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

कुवेतलाई हराउँदै नेपाल एसिसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा

2024 ACC Women’s Premier Cup. 13th February 2024, UKM Oval Match between Nepal and Maldives.

नेपाल एसिसी वुम्मन्स प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार मलेसियामा भएको क्वार्टफाइनलमा कुवेतलाई डिएल मेथर्डका आधारमा ८ विकेटले हराउँदै नेपाल सेमिफाइलनमा पुगेको हो।

नेपाल समूह डीको विजेता र कुवेत समूह एको उपविजेताका रुपमा क्वार्टरफाइनल पुगेका थिए।

पहिला ब्याटिङ गर्दै कुवेतले दिएको ७४ रनको सामान्य लक्ष्य नेपालले ६.५ ओभरमा २ विकेटको क्षतिमा ५० रन बनाउँदा खेल रोकिएपछि डिएल मेथर्डका आधारमा नेपाल विजयी भएको हो। नेपालका लागि इन्दू बर्माले २१ बलमा २२ र सीता रानामगरले १५ बलमा २२ रन बनाए।

त्यसअघि पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा ७३ रनमात्रै बनाउन सक्यो। उसका लगि तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा स्कोर बनाउन सके। प्रियदा मुरालीले सर्वाधिक २९ र शान्थी बालासुरामनिन र खादिजा खलिलले समान १३ रन बनाए।

कुवेतलाई सस्तैमा रोक्ने क्रममा सीता रानामगरले ४ ओभरमा ११ रन खर्चेर सर्वाधिक ३ विकेट लिइन् भने रुविना क्षेत्री र कविता कुँवरले समान २ विकेट लिए।

अब नेपालले सेमिफाइलनमा शुक्रबार मलेसियासँग खेल्ने छ। आजै भएको खेलमा जापानलाई १६ रनलेृ हराउँदै मलेसिया सेमिफाइनलमा पुगेको हो।

1.3Kशेयर