अदिल अन्सारीको निलम्बन फुकुवा, अप्सरी बेगम निलम्बनमा

5 Jul, 2024
Share:
117 Shares

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिमका अलराउन्डर अदिल अन्सारीको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको क्यानको बोर्ड बैठक म्याच फिक्सिङ प्रकरणमा अदालतबाट सफाई पाएपछि अन्सारीको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।

क्यानले नै आयोजना गरेको पहिलो संस्करणको नेपाल टि–२० लिगका क्रममा अदिलमाथि फिक्सिङको आरोप लागेको थियो। खेलका क्रममा फिक्सिङ गरेर नो बल गरेको आरोप उनीमाथि थियो।

आरोप लगत्तै राष्ट्रिय टिमका महत्वपूर्ण अलराउन्डर अन्सारीलाई क्यानले निलम्बन गरेको थियो। केही समयअघि मात्र उनलाई अदालले सफाई दिएको थियो।

यस्तै, क्यानले महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने निर्णय गरेको छ।

महिला क्रिकेट टिमको बन्द प्रशिक्षणका दौरान प्रशिक्षक र व्यवस्थापकमाथि अभद्र व्यवहार गरी आचारसंहिता उल्लंघन गरेका कारण क्यानले उनलाई निलम्बन गरेको हो।