रहाने बने कोलकाताको कप्तान, आईपिएलका १० मध्ये ९ टिमले पाए कप्तान, दिल्लीमा को?

4 Mar, 2025
Share:
117 Shares

भेट्रान ब्याट्सम्यान अजिन्का रहाणे कोलकाता नाइट राइडर्सको कप्तान बनेका छन्।

बेनकटेश ऐयर र रिंकु सिंहमध्ये एक कप्तान बन्ने चर्चाबीच डिफेन्डिङ च्याम्पियन कोलकाताले अनुभवी रहानेलाई कप्तान बनाएको हो।

कोलकाताले अघिल्लो सिजन च्याम्पियन बनाएका कप्तान श्रेयस ऐसर अक्सनमा रिलिज गरेको थियो। कोलकाताले रहानेलाई मेगा अक्सनमा दोस्रो चरणमा बेस प्राइसमा किनेको थियो।

कोलकाताले वेनकटेशलाई उपकप्तान बनाएको छ।

योसँगै आईपिएलका १० मध्ये ९ टिमले कप्तान पाएका छन्। जसमा मुम्बई इन्डियन्सको कप्तानमा हार्दिक पाण्ड्या, चेन्नई सुपर किग्सको कप्तानमा रुतुराज गायकवाड, गुजरात टाइटन्सको कप्तानमा शुभमन गिल, रोयल च्यालेन्जर्स बैंग्लुरुको कप्तानमा रजत पटिदार, पञ्जाब किंग्सको कप्तानमा श्रेयस ऐयर, राजस्थान रोयल्सको कप्तानमा सन्जु सामसन, लखनउ सुपर जायन्ट्सको कप्तानमा ऋषव पन्त र सनराइजर्स हैदरावादको कप्तानमा प्याट कमिन्स रहेका छन्।

यता, दिल्ली क्यापिटल्सले भने कप्तान घोषणा गरिसकेको छैन। यसअघि कप्तान रहेका ऋषव पन्तलाई रिलिज गरेपछि दिल्ली नयाँ कप्तानको खोजीमा छन्। सम्भवतः दिल्लीमा केएल राहुल र अक्षर पटेलमध्ये एक कप्तान बन्ने छ। त्यसमा पनि अक्षरको पल्ला भारी रहेको बताइन्छ।