आफ्नै वडामा आरिफ र आसिफ सम्मानित

27 Dec, 2024

भर्खरै सम्पन्न नेपाल प्रियिमर लिगको फाइनल खेलेर गृहनगर पुगेका राष्ट्रिय टिमका सदस्यद्वय दाजुभाइ आरिफ र आसिफ सेख आफ्नै वडामा सम्मानित भएका छन्।

बिहीबार पर्साको वीरगञ्ज महानगरपालिकाको वडा नं. १० आरिफ र आसिफलाई सम्मान गरेको हो।

वडा कार्यालयले उनीहरुलाई जनही ५१ हजार रुपैयाँसहित सम्मान गरेको छ। वडा कार्यालयमा एक कार्यक्रम आयोजना गर्दै उनीहरुलाई वडाध्यक्ष सुशीलकुमार कानुले नगद र प्रसंशा प्रत्र प्रदान गर्दै सम्मान गरे।

भाइ आसिफको कप्तानीमा जनकपुर बोल्ट्सले एनपिएल उपाधि जितेको थियो भने दाइ आरिफको टिम सुदूरपश्चिम रोयल्स उपविजेता बनेको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]