क्रिकेटराष्ट्रिय क्रिकेट

भारतविरुद्ध आसिफको अर्धशतक

एसिया कप क्रिकेटको समूहको अन्तिम खेलमा भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालका लागि आसिफ सेखले अर्धशतक बनाएका छन्।

श्रीलंकास्थित पेल्लेकेल रंगशालामा उनले ८८ बलमा ८ चौका प्रहार गर्दै अर्धशतक बनाए। यो सँगै आसिफ एसिया कपम अर्धशतक बनाउने पहिलो ब्याट्सम्यान बनेका छन्।

आसिफको अर्धशतक मद्दतमा नेपालले २९औं ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा १२७ रन बनाएको छ। नेपालका लागि कुशल भुर्तेलले ३८ रन बनाउँदा गुल्सन झा १८ रन बनाएर खेलिरहेका छन्। यस्तै, भीम सार्कीले ७, रोहित पौडेलले ५ र कुशल मल्लले २ रन बनाए।

भारतका रविन्द्र जडेजाले ३ तथा शार्दुल ठाकुरले १ विकेट लिए।