एसिया कपमा भारतविरुद्ध ओमानको सानदर प्रदर्शन, तर २१ रनले पराजित

20 Sep, 2025
Share:
117 Shares

एसिया कप क्रिकेटको समूहको अन्तिम खेलमा ओमनले सादनर प्रदर्शन गरेको छ। शुक्रबार राति भएको खेलमा भारतविरुद्ध सानदार प्रदर्शन गरेपनि ओमान २१ रनले पराजित भयो।

भारतले दिएको १८९ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ४ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो। ओपनर आमिर कलिमले ६४ तथा अम्माद मिर्जाले ५१ रन बनाए।

ब्याटिङमा संयमित प्रदर्शन गरेको ओमानले रनरेटमा केही सुस्त रहँदा लक्ष्य पूरा गर्न सकेन। हारका बाबजुद ओमानको प्रदर्शन भने तारिफयोग्य रह्यो। भारतविरुद्ध कुनै पनि एसोसियट राष्ट्रले बनाएको दोस्रो सर्वाधिक योगफल हो।

भारतका हार्दिक पान्ड्या, अर्शदीप सिंह, कुलदीप यादव र हर्शित रानाले १(१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १८८ रन बनाएको थियो सन्जु सामसनले ५६ तथा अभिषेक शर्माले ३८ रन बनाए । तिलक वर्माले २९, अक्षर पटेलले २६ रन बनाए।

ओमानका शाह फेसल, जित्न रामानन्दी र आमिर कलिमले २–२ विकेट लिए ।

योसँगै भारत लगातार ३ जितसहित समूह बीको विजेताका रूपमा सुपर फोर खेल्ने भएको छ। भारतसँगै पाकिस्तान, श्रीलंका र बंगलादेश पनि सुरफोरमा पुगेका छन्।