एसिया कप इतिहासमा पहिलो पटक फाइनलमा भारत र पाकिस्तान भीड्ने

26 Sep, 2025
Share:
117 Shares

एसिया कप क्रिकेटको इतिहासमा पहिलो पटक भारत र पाकिस्तान उपाधिका लागि भीड्ने भएका छन्। फाइनल आइतबार हुनेछ।

बिहीबार राति भएको खेलमा बंगलादशलाई ११ रनले हराउँदै पाकिस्तान सुपर फोरमा दोस्रो हुँदै फाइनलमा पुगेको हो। खराब ब्याटिङ गरेको पाकिस्तानले बंगलादेशविरुद्ध १३६ रनको लक्ष्य डिफेन्ड गरेको थियो।

यता, भारत भने सुपर फोरमा लागतार दुई खेल जित्दै एक खेल अगावै फाइनल पुगिसकेको थियो। भारतले आज अन्तिम खेलमा श्रीलंकासँग खेल्नेछ।

१३६ रनको लक्ष्य पछ्याएको बंगलादेशले ९ विकेटको क्षतिमा १२४ रन मात्रै बनाउन सक्यो। उसका लागि शमिम हुसेनले सर्वाधिक ३० रन बनाउँदा रिसाद हुसेन र नुरुल हसनले समान १६ रन बनाए।

बलिङमा पाकिस्तानका साहिनसाह अफ्रिदी र ह्यारिस रउफले समान ३ तथा सइम अयुबले २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले ८ विकेटको क्षतिमा १३५ रन बनायो। उसका लोअर अर्डरले रन बनाएपछि उनले सम्मानजक स्कोर बनाएको थियो। एक समय पाकिस्तान १०.५ ओभरमा ४९–५को दयनीय अवस्थामा थियो।

उसका मोहम्मद ह्यारिसले ३१, मोहम्मद नवाजले २५ तथा सलमान आघा र अफ्रिदीले समान १९ रन बनाए। बलिङमा बंगलादेशका तस्किन अहमदले ३ तथा मेहदी हसन र रिसाद हुसेनले समान २ विकेट लिए।