सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

Nepal team players during the ACC Women’s T20 Asia Cup 2024 match between Pakistan and Nepal at the Rangiri Dambulla International Cricket Stadium, Dambulla, Sri Lanka, on July 21, 2024. Photo Credit : Deepak Malik / Asian Cricket Council / CREIMAS RESTRICTED TO EDITORIAL USE

एसिसी महिला एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय महिला क्रिकेट टिम आज स्वदेश फर्किदै छ।

श्रीलंकामा जारी महिला एसिया कपको समूह चरणबाटै बाहिरिएपछि नेपाली राष्ट्रिय महिला टोली बिहीबार स्वदेश फर्कन लागेको हो।

समूह चरणका तीन खेलमा एक जित र दुई हार खाएको नेपाल भारत र पाकिस्तानजस्ता बलिया प्रतिद्वन्द्वीसँग खेलेर नयाँ अनुभव बटुल्दै स्वदेश फर्किँदै छ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टोली श्रीलंकन एअरलाइन्समार्फत बिहीबार दिउँसो सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ।

इन्दु बर्माको नेतृत्वमा एसिया कप खेल्न श्रीलंका पुगेको नेपाली टिमले समूह चरणको पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित निकालेको थियो। यो नेपाली महिला टिमको एसिया कपको पहिलो जित थियो। यसअघि २ एसिया कप खेले पनि नेपाली जितबिहीन थियो।

दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा भारतसँग ८२ रनले स्तब्ध भएको थियो। नेपाल रहेको समूहका भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन्।

सेयर गर्नुहोस्

1.4KShares