अन्तर्राष्ट्रिय क्रिकेटक्रिकेटराष्ट्रिय क्रिकेट

बाबर भन्छन्– नेपाललाई सजिलो प्रतिद्वन्द्वी ठान्ने गल्ती गर्दैनाैं

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज एसिया कपको उद्घाटन खेलमा पाकिस्तानको सामना गर्दै छ। नेपाल र पाकिस्तान एकदिवसीय क्रिकेटमा पहिलो पटक भिड्न लागेका हुन्।

भर्खरै एकदिवसीय क्रिकेटमा छाप छोड्ने प्रयास गरिरहेको नेपाललाई एकदिवसीय क्रिकेटको नम्बर १ टिम पाकिस्तानले सहज रुपन नलिने कप्तान बाबर अजामले बताएका छन्।

बाबरले प्रिम्याच कन्फ्रेन्समा नेपाललाई सजिलो प्रतिद्वन्द्वी मान्न ठाडै अस्वीकार गरे। ‘क्रिकेटमा कुनै पनि टोलीलाई न सजिलो लिन सकिन्छ न केही निश्चित हुन्छ । जब दुई टोलीहरू खेलिरहेको हुन्छ, पूरा तयारी र रणनीतिका साथ आएको हुन्छ। मैले सिकेको क्रिकेटमा जोसुकै प्रतिद्वन्द्वी होस् त्यो टोलीलाई सजिलो लिनु हुँदैन,’ पाकिस्तानी सञ्चारमाध्यमहरूद्वारा घेरिएका उनले भने ।

बाबकरले नेपालको बलियो पक्ष र कमजोरी के छ हेरिरहेको बताएा छन् । उनले नेपालले पनि राम्रो खेल्दै आएको बताउँदै नेपाललाई सजिलो रुपमा नलिने बताए। प्रतियोगितामा राम्रो सुरुआत गर्न पाकिस्तान आत्तुर रहेको आजमले जनाए ।

पाकिस्तान अहिले उत्कृष्ट लयमा छ र हालै मात्र टोली एकदिवसीय विश्व वरीयतामा शीर्ष स्थानमा पुगेको थियो । विश्व नम्बर एक ब्याटर बाबर आजम, इमाम उल हक लगायतका खेलाडीले पाकिस्तान कसरी विश्व नम्बर एक टोली भयो भन्ने पुष्टि गर्छ।

श्रीलंकामा अफगानिस्तानमाथिको तीन खेलको एकदिवसीय शृंखला क्लिन स्विप गरेको आएको पाकिस्तान आफ्नो खेलमा केन्द्रित छ र यसलाई विश्वकपसम्म डोर्‍याउन चाहन्छ।