बाबर अजामले कोहलीलाई पछि पारे

भारतीय कप्तान विराट कोहलीलाई पछि पार्दै पाकिस्तानी कप्तान बाबर अजाम एकदिवसीय क्रिकेटको ब्याटिङ वरियतामा शीर्ष स्थानमा उक्लिएका छन् ।

लामो सयमसम्म एकदिवसीय ब्याटिङ वरियतामा शीर्ष स्थामा रहेका कोहलीलाई पछि पारेका अजामले ८६५ रेटिङ पाएका छन् भने कोहलीले ८५७ रेटिङ छ । दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिजमा १ शतक र १ अर्धशतक प्रहार गरेपछि अजाम शीर्ष स्थानमा उक्लिएका हुन्।

एकदिवशीय ब्याट्सम्यानको शीर्ष वरियतामा पुग्ने आजम पाकिस्तानका केवल चौथो ब्याट्सम्यान हुन्। यसअघि जाहिर अब्बास, जाबेद मियाँदाद र मोहम्मद युसुफले मात्र यस्तो सफलता हात पारेका थिए।

भारतीय कप्तान विराट कोहली लगभग ४ वर्ष एकदिवसीय ब्याटिङ वरियताका शीर्ष स्थानमा रहे । उनले ४१ महिनापछि शीर्ष स्थान गुमाएका हुन्।

ब्याटिङ वरियताका तेस्रो स्थानमा भारतकै रोहित शर्मा छन् भने चौथो स्थानमा न्युजिल्यान्डका रोस टेलर र पाँचौँ स्थानमा अस्ट्रेलियका आरोन फिन्च छन् । यस्तै, बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बोल्ट शीर्ष स्थानमा छन् भने अफगानिस्तानका मुजिब उर रहमान दोस्रो, न्युजिल्यान्डकै म्याट हेनरी तोस्रो भारतका जस्प्रित बुमराह चौथो र बंगलादेशका मेहदी हसन मिर्जा पाँचौँ स्थानमा छन् ।

यस्तै अलराउन्डरतर्फ बंगलादेशका सकिब अल हसन शीर्ष स्थानमा छन् भने इंग्ल्यान्डका बेन स्टोक्स दोस्रो, अफगानिस्तानका मोहम्मद नाबी तेस्रो, इंग्ल्यान्डका क्रिस वोक्स चौथो र अफगानिस्तानका रसिद खान पाँचौं स्थानमा छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.