बागमती गणेशमान सिंह क्रिकेटको शीर्ष स्थानमा

22 Apr, 2024

बागमती प्रदेश वीर गणेशमान सिंह कप राष्ट्रिय टि–२० क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ। मुलपानी क्रिकेट मैदानमा जारी प्रतियोगितामा सोमबार लुम्बिनी प्रदेशलाई २५ रनले हराउँदै बागमती शीर्ष स्थानमा उक्लिएको हो।

१६३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ९ विकेटको क्षतिमा १३७ रन मात्रै बनाउन सक्यो । उसका लागि कृष्ण कार्कीले २९ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै नटआउट ३८ रन जोडे।

यस्तै, सुनिल भण्डारीले २५ बलमा समान २ चौका र छक्का मद्दतमा ३४ रन बनाउँदा आकाश त्रिपाठी र नर सार्कीले समान १४ रन बनाए। बलिङमा बागमतीका रिजन ढकालले ३ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको बागमतीले कप्तान रित गौतमको अर्धशतक मद्दतमा १६२ रन बनायो। उनले ४३ बल खेल्दै ६ चौका मद्दतमा ५६ रन बनाए।

यस्तै, रामनरेश गिरीले १२ बलमा ३ चौका र १ छक्का मद्दतमा २८ रन बनाउँदा शुभ कंशकारले १४ बलमा १९ रन बनाए। बलिङमा लुम्बिनीका नर सार्कीले ४ तथा देव खनालले २ विकेट लिए।

अंक तालिकामा बागमतीको ४ खेलबाट ६ अंक छ। दोस्रो स्थानको लुम्बिनीको पनि ५ खेलबाट ६ अंक छ। आजै गण्डकीलाई ५ रन हराएर लगातार तीन जित निकालेको तेस्रो स्थानको कर्णालीले पनि ६ अंक जोडेको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]