फारुख अहमद बने बंगलादेश क्रिकेट बोर्डको अध्यक्ष

21 Aug, 2024

पूर्वक्रिकेटर फारुख अहमद बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)को अध्यक्ष बनेका छन्।

नजमुल हसनले बुधबार मात्रै अध्यक्षबाट राजीनामा दिएका थिए। लगत्तै अहमदलाई अध्यक्ष नियुक्त गरिएको हो। उनको कार्यकाल ४ वर्षको हुनेछ।

अहमदले बंगलादेशका लागि सन् १९८८ देखि १९९९ सम्म ७ वटा एकदिवसीय खेल खेलेका थिए। उनले १९९४ मा आइसीसी ट्रफीमा बंगलादेशको नेतृत्व सम्हालेका थिए।

यस्तै, अहमद र नज्मुल अबेदिन फहिमलाई नेशनल स्पोर्टस् काउन्सिलको निर्देशकमा नियुक्त गरिएको छ। उनीहरुलाई जलाल युनिस र अहमद सज्जादुल अलामको स्थानमा निर्देशक नियुक्त गरिएको हो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]