जिम्बाबेका मुजरबानीले आईपिएल खेल्ने

20 May, 2025
Share:
117 Shares

जिम्मबाबे फास्ट बलर ब्लेसिङ मुजरबानीले आईपिएल खेल्ने भएका छन्। उनी आईपिएल टिम रोयल च्यालेन्जर्स बेंग्लुरुमा आबद्ध भएका छन्।

प्लेअफमा स्थान बनाइसकेको बेंग्लुरुले दक्षिण अफ्रिकी फास्ट बलर लुंगी एनगिदीको स्थानको मुजरबानीलाई अनुबन्धन गरेको हो।

भारत–पाकिस्तानबीचको तनावका कारण आईपिएल रोकिएपछि एनगिदी दक्षिण अफ्रिका गएका थिए। त्यसपछि लिग सुरु भएपनि उनी भने भारत नर्फिएपछि बेंग्लुरुले मुजरबानीलाई अनुबन्धन गरेको हो।

६.६फिट अग्ला २८ वर्षीय मुजरबानी पहिलो पटक आईपिएल टिममा आबद्ध भएका हुन्। उनले जिम्बाबेका लागि १२ टेस्ट, ५५ एकदिवसीय र ७० टि–२० आई खेलेका छन्।