राखेपाको सहाकार्यमा क्यानले ‘हाई पर्फमेन्स क्रिकेट क्लिनिक’ गर्ने

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहकार्यमा नेपाल क्रिकेट संघ (क्यान)ले ‘हाई पर्फमेन्स क्रिकेट क्लिनिक’ सञ्चालन गर्ने भएको छ। ‘हाई पर्फमेन्स क्रिकेट क्लिनिक’ सातै प्रदेशमा आयोजना हुने क्यानले जनाएको छ।

क्यानले यही मार्च र अप्रिलमा ‘हाई पर्फमेन्स क्रिकेट क्लिनिक’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । प्रत्येक प्रदेशमा ४ दिन ‘हाई पर्फमेन्स क्रिकेट क्लिनिक’ क्याम्प सञ्चालन हुने छ। जसमा नेपाली राष्ट्रिय क्रिकेट टिममा मुख्य प्रशिक्षक डेभ वाटमोरले प्रशिक्षण दिने छन् ।

‘हाई पर्फमेन्स क्रिकेट क्लिनिक’ प्रदेश १ बाट सुरु हुनेछ । मार्च २४ बाट सुरु हुने कार्यक्रममा स्थायनी खेलाडी र प्रशिक्षक सहभागी हुनेछन्। विराटनगरस्थित बैजनाथपुर क्रिकेट मैदानमा हुनेछ।

स्थानीय खेलाडीलाई क्रिकेटरमा आकर्षित गर्ने क्लिनिकको लक्ष्य रहेको क्यानको भनाइ छ। प्रशिक्षक वाटमोरको फुर्सदको समयलाई सदुपयोग गर्दै क्यानले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको हो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.