क्यानले आयोजना गर्ने ट्राइ सिरिज वैशाख ४ बाट

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको ट्राइ नेशन्स सिरिज वैशाख पहिलो साताबाट सुरु हुने भएको छ। नेपाल, नेदरल्यान्ड्स र मलेसिया सहभगाी हुने ट्राइ सिरिज वैशाख ४ देखि ११ गतेसम्म कीर्तिपुरस्थित टियू मैदानमा आयोजना हुने छ।

डबल राउण्ड रोविन लिगका आधारमा हुने सिरिजलाई बजाज पल्सरले मुख्य प्रायोजन गरेको छ। लिगका शीर्ष दुई टिमले उपाधिका लागि खेल्ने छन् ।

क्यानले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै सिरिजमा सहभागी सबै टिमका खेलाडी र म्याच अफिसियल बायो बबल्सभित्र राखिने जनाएको छ । प्रतियोगिता अघि सबैको सिसीआर टेस्ट समेत गरिनेछ । कोरोना संक्रमणक घट्दै गएकाले खेलकुद गतिविधिहरु सुरु भइसकेकाले नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट गर्न यो सही समय रहेको क्यानले उल्लेख गरेको छ।

नेपालमा सिरिज खेल्न आउन तयार भएका मलेसिया र नेदरल्यान्ड्सलाई क्यान अध्यक्ष चतुरबहादुर चन्दले धन्यवाद दिएका छन् । उनले लामो समयपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट गर्न पाउँदा खुसी लागेको बताए ।

लामो समयपछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने अवसर दिएकोमा मलेसिया क्रिकेट र नेदरल्यान्ड्स क्रिकेटले क्यानलाई धन्यवाद दिएका छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.