राष्ट्रिय टिम छनोट समितिमा एलबी क्षेत्री, एलिट कप कात्तिकमा हुने

29 Aug, 2024
Share:
117 Shares

नेपाल क्रिकट संघ (क्यान)ले एलबी क्षेत्रीको नेतृत्वमा राष्ट्रिय टिम छनोट समिति बनाएको छ। बिहीबार बसेको क्यानको कार्यसमिति बैठक क्षेत्रीको नेृत्वमा राष्ट्रिय टिम छनोट समिति बनाएको छ।

सो समितिमा युनिल श्रेष्ठ र मुर्तुजा हवारी सदस्य रहेका छन्।

यस्तै, बैठकले एलिट कप कात्तिकमा गर्ने निर्णय गरेको छ। प्रतियोगितामा जनकपुर र वीरगञ्जमा हुनेछ। एलिट कप दुई दिवसीय हुने भनिएको छ, तर, निर्णय भने भइसकेको छैन।

एलिट कपमा पिएम कप क्रिकेटको शीर्ष चारमा रहेका नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, बागमती र मधेश प्रदेश सहभागी हुनेछन्।

यस्तै यू–१९ राष्ट्रिय क्रिकेट सेप्टेम्बर–अक्टोबरमा कोशी प्रदेशमा गर्ने निर्णय भएको छ। साथै आईसीसी यू–१९ महिला विश्वकप एसिया क्वालिफायरको तयारीका लागि ३० असोजदेखि दाङको लमहीमा पहिलो चरणको प्रशिक्षण सञ्चालन गर्ने निर्णय भएको छ।