क्यानलाई आईसिसीको रिजनल अवार्ड
नेपाल क्रिकेट संघ (क्यान)ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को रिजनल अवार्ड प्राप्त गरेको छ। कोरोना भाइरसको महामारीको समयमा पनि क्रिकेट विकासका लागि पहल गरेको भन्दै आईसीसीले नेपालसहित पाँच राष्ट्रलाई रिजनल अवार्ड दिएको हो ।
रिजनल अवार्ड नेपालसँगै नामिविया, अर्जेन्टिना, भानुआतु र इटलीले प्राप्त गरेका छन् । नेपालले एसिया क्षेत्रबाट अवार्ड पाएको हो ।
कोरोना महामारीको समयमा पनि क्यानले घरेलु प्रतियोगितामा महिलातर्फ दुई हजार र पुरुषतर्फ एक हजार ९०० खेलाडीलाई खेलमा समावेश गरेको भन्दै आईसीसीले सम्मान गरेको जनाएको छ । यस्तै क्यानले ब्रोडकास्टिङ र स्पोनसर पनि घरेलु प्रतियोगितामा राखेको आईसीसीले जनाएको छ ।