क्यानले माग्यो मुख्य प्रशिक्षकका लागि आवेदन

15 Feb, 2025

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि आवेदन खुला भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार साँझ एक सूचना निकाल्दै मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको हो।

क्यानले नेपाली टिमको मुख्य प्रशिक्षक बन्न ईसीबी वा क्रिकेट अस्ट्रेलियाको लेभल ३ वा सो सरहको मान्यता भएको योग्यतासहित ५ वर्षको प्रशिक्षण अनुभव हुनुपर्ने मापदण्ड तोकेको छ।

साथै एसोसियट राष्ट्रको खेल गतिविधिबारे जानकार भएको व्यक्ति हुनुपर्ने उल्लेख छ। फेब्रुअरी २८ सम्म आवेदन दिने अन्तिम मिति तोकिएको छ।

क्यानले सम्झौता नवीकरण नगरेपछि भारतीय प्रशिक्षक मोन्टी देशाईसँगको दुई वर्षे सम्झौता गत महिना सकिएको थियो। त्यसपछि नेपाली टिम मुख्य प्रशिक्षक बिहीन छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]