अस्ट्रेलियालाई हराउँदै भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा

5 Mar, 2025
Share:
117 Shares

भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। मंगलबार दुबईमा भएको खेलमा अस्ट्रेलियामाथि ४ विकेटको जित निकाल्दै भारत लगातार तेस्रो पटक फाइनलमा प्रवेश गरेको छ।

यसअघि भारत सन् २०१३ र २०१७ मा च्याम्पियन्स ट्रफीको फाइलनमा पुगेको थियाे। सन् २०१३मा च्याम्पियन बनेकाे भारत सन् २०१७ मा भारत पाकितानसँग पराजित भएको थियो।

भारत फाइलन पुगेकसँगै च्याम्पियन्स ट्रफीको फाइनल पनि दुबईमै हुने निश्चित भएको छ। मार्च ९मा हुने फाइनलमा भारतले उपाधिका लागि न्युजिल्यान्ड र दक्षिण अफ्रिका मध्ये एकसँग खेल्नेछ।

२६५ रनको चुनौतीपूर्ण लक्ष्य भारतले ४८.१ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो। भारतलाई जित दिलाउन पुनः एक पटक विराट कोहलीले उत्कृष्ट इनिङ खेले। उनले ९५ बलमा ५ चौका प्रहार गर्दै ८४ रन बनाए।

कोहलीले तेस्रो विकेटका लािग श्रेयस ऐससँग ९१ रनको साझेदारी गर्दै भारतलाई बलियो अवस्थामा लगेका थिए। श्रेयुले ६२ बलमा ४५ रन बनाए। यस्तै कोललीले चौथो विकेटका लागि अक्षर पटेलसँग ४४ र पाँचौं विकेटका लागि केएल राहुलसँग ४७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।

केल राहुल ३४ बलमा समान २ चौका र छक्का प्रहार गर्दै ४२ रनमा नटआउट रहँदा अक्षरले २७ तथा हार्दिक पाण्ड्याले १ चौका र ३ छक्का प्रहार गर्दै २८ रन बनाए।

बलिङमा अस्ट्रेलियाका नाथल इसिल र एडम जम्पाले समान २ विकेट लिँदा बेन ड्वार्सुइस र कुपर कोनोलीले समान १ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले ४९.३ ओभरमा अलआउट हुनु अघि २६४ रन बनायो। उसका लागि स्टिभ स्मिथ र एलेक्स क्यारीले अर्धशतकीय इनिङ खेले।

स्मिथले ९४ बलमा ५ चौका र २ चौका प्रहार गर्दै ७३ रन बनाउँदा क्यारीले ५७ बलमा ८ चौका र १ छक्का मद्दतमा ६१ रन बनाए। यी दुई बाहेक ट्रविस हेडले ३३ बलमा ३९ रन बनाउँदा मार्नस लाबुसेनले २९ रन बनाए।

बलिङमा भारतका मोहम्मद सामीले ३ विकेट लिँदा वरुण चक्रवर्ती र रविन्द्र जडेजाले समान २ विकट लिए। हार्दिक पाण्ड्या र अक्षर पटेलको नाममा पनि १ विकेट रह्यो।