च्याम्पियन्स ट्रफीमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको जित

22 Feb, 2025
Share:
117 Shares

जारी च्याम्पियन्स ट्रफी दक्षिण अफ्रिका विजयी भएको छ। शुक्रबार राति सकिएको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तनमाथि १०७ रनको फराकिलो जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले दिएको ३१५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा २०८ रनमै अलआउट भयो। उसका लागि रहमत साहले सर्वाधिक ९० रन बनाए। उनले ९२ बलमा ९ चौका र १ छक्का प्रहार गरे।

अन्यले गतिलो योगदान नदिँदा अफगानिस्तान पराजित भयो। बलिङमा दक्षिण अफ्रिकाका कागिसो रबाडाले ३ विकेट लिँदा लुंगी एगिडी र विआन मुल्डरले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले रायन रिकेल्टनको शतक मद्दतमा ६ विकेटको क्षतिमा ३१५ रन बनाएको थियो। रिकेल्टनले १०६ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै १०३ रन बनाए। प्रतियोगिताको तेस्रो खेलमा यो पाँचौं शतक हो।

उनीबाहेक अन्य तीन खेलाडीले अर्धशतकीय इनिङ खेले। जसमा कप्तान टेम्बा बावुमाले ५८, रसी भान डेर डुसेन र एइडन मारक्रमले समान ५२ रन बनाए।

बलिङमा अफगानिस्तानका मोहम्मद नाबीले २ विकेट लिँदा फजलहक फारुकी, अज्मतुल्लाह ओमरजाइ र नरु अहमदले समान १ विकेट लिए।

प्रतियोगिता अन्तर्गत आज अस्ट्रेलिया र इंग्ल्यान्ड भीड्ने छन्।