च्याम्पियन्स ट्रफी : इंग्ल्यान्डमाथि अस्ट्रेलियाको कीर्तिमानी जित

23 Feb, 2025
Share:
117 Shares

च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियाले शानदार जित निकालेको छ। शनिबार राति लाहोरमा भएको खेलमा अस्ट्रेलियाले इंग्ल्यान्डमाथि ५ विकेटको सानदार जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै इंग्ल्यान्डले दिएको ३५२ रनको विशाल लक्ष्य अस्ट्रेलियाले ४७.३ओभरमा ५ विकेटको क्षतिमा भेट्टयो। यो आईसिसीको प्रतियोगितामा चेज भएको सबैभन्दा ठूलो स्कोर हो।

आफ्ना स्टार खेलाडीहरूविनै च्याम्पियन्स ट्रफीका लागि पाकिस्तान पुगेको अस्ट्रेलियालाई जित दिलाउने क्रममा जोश इंग्लिसले शतकीइ इनिङ खेले। उनले ८६ बलमा ८ चौका र ६ छक्का प्रहार गर्दै नटआउट १२० रन बनाए।

यस्तै, एलेक्स क्यारीले ६३ बलमा ८ चौका मद्दतमा ६९ रन बनाउँदा म्याथु सर्टले ६६ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६३ रन बनाए। मार्नस लाबुसेनले ४७ रन बनाउँदा ग्लेन म्याक्सवेलले ३२ रनको योगदान दिए।

बलिङमा इंग्ल्याान्डका लिअम लिभिङ्सटन, अदिल रसिद, ब्रेडोन कर्स, जोफ्रा आर्चर र मार्क उडले समान १ विकेट लिए।

त्यसअघि पहिल ब्याटिङ गरेको इंग्ल्यान्डले ८ विकेटको क्षतिमा ३५१ रन बनाएको थियो। उसका लागि ओपनर बेन डकेटले उत्कृष्ट इनिङ खेले। उनले १४३ बल खेल्दै १७ चौका र ३ छक्का मद्दतमा १६५ रन बनाए। यस्तै, जो रुटले ७८ बलमा ४ चौका मद्दतमा ६८ रन बनाउँदा अन्यले भने गतिलो योगदान दिन सकेनन्।

बलिङमा अस्ट्रेलियाका बेन ड्वार्सिसले ३ तथा लाबुसेन र एडम जम्पाले समान २ विकेट लिए।

प्रतियोगिता अन्तर्गत भारत र पाकिस्तानबीचको प्रतिक्षित खेल हुनेछ। यो खेल दुबईमा हुनेछ।