चल्याे धाेनीकाे ब्याट, लगातार ५ हारपछि चेन्नईको जित

15 Apr, 2025

इन्डियन प्रिमियर लिगमा लगातार पाँच हारपछि चेन्नई सुपर किङ्स ९सीएसके० ले अन्ततः जितको स्वाद चाखेको छ। सोमबार राति लखनउ सुपर जायन्ट्स विरुद्ध उसले ५ विकेटको रोमाञ्चक जित हासिल गर्‍यो।

यो जितमा कप्तान महेन्द्रसिंह धोनीको आक्रामक ब्याटिङ र शिवम दुबेको संयमित पारीले महत्त्वपूर्ण भूमिका खेले। यो जितले चेन्नईको प्लेअफ सम्भावनालाई जीवितै राखेको छ। यद्यपि टिम अझै अंक तालिकाको पुछारमा छ।

लखनउले पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १६६ रन बनायो। कप्तान रिषभ पन्तले ६३ रनको अर्धशतकीय पारी खेले। उनले ४९ बलमा समान ४ चौका र छक्का प्रहार गरे।

यस्तै, मिचेल मार्सले ३०, आयुष बधोनीले २२ र अब्दुल समदले २० रन बनाए। चेन्नईका रविन्द्र जडेजा र मथिसा पथिरानाले समान १ विकेट लिए। नूर अहमदले विकेट नलिए पनि ४ ओभरमा १३ रन मात्र खर्चिए।

जवाफी ब्याटिङमा चेन्नईले राम्रो सुरुवात गर्‍यो। उसले १६७ रनको लक्ष्य १९.५ ओभरमा भेट्टायो। उसका डेब्यु खेलाडी शेख रशीद र रचिन रविन्द्रले पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरे। तर, मध्य ओभरमा लगातार विकेट झरेपछि चेन्नई दबाबमा पर्‍यो। १५ ओभरमा १११–४ को अवस्थामा पुगेको चेन्नईलाई अन्तिम ३० बलमा ५६ रन चाहिएको थियो।

यही बेला धोनीले ११ बलमा २६ रनको आक्रामक पारी खेले, जसमा ४ चौका र १ चौका छक्का थियो। शिवम दुबेले ४३ रनको संयमित पारी खेल्दै धोनीसँग ५२ रनको साझेदारी गरे। बलिङमा लखनउका रवि विस्नोइले २ विकेट लिए।

चेन्नईले यो सिजनमा पहिलो खेलमा मुम्बई इन्डियन्सलाई हराएको थियो, तर त्यसपछि लगातार पाँच हारको सामाना गरेको थियो। यो जितले चेन्नईका प्रशंसकहरूमा उत्साह थपेको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]