लगातार तीन हारपछि चेन्नईको लागतार दोस्रो जित, कोलकाताले अझै भेट्टाएन जित

15 Apr, 2026

आईपिएलको सुरुआती तीन खेल हारेको चेन्नई सुपर किङ्सले लगातार दोस्रो जित निकालेको छ।

मंगलबार चेन्नईमा भएको खेलमा चेन्नईले कोलकातालाई ३२ रनले पराजित गरेको हो। अघिल्लो खेलमा उसले दिल्लीलाई हराएको थियो।

चेन्नईले दिएको १९३ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १६० रन बनायो। कोलकाताका लागि रमनदीप सिंहले सर्वाधिक ३५ रन बनाए । रोभमन पावेलले ३१, अजिन्क्या रहानेले २८, अंगकृश रघुवंशीले २७ तथा सुनिल नराइनले २४ रन बनाए।

बलिङमा चेन्नईकका नूर अहमदले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिए भने अंशुल कम्बोजले २ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले ५ विकेटको क्षतिमा १९२ रन बनाएको थियो। उसका सन्जु सामसनले सर्वाधिक ४८ रन बनाउँदा डेवल्ड ब्रेभिसले ४१, आयुष म्हात्रेले ३८ रन बनाए।

बलिङमा कोलकाताका कार्तिक त्यागीले २ तथा वैभव अरोरा, अनुकुल रोय र सुनिल नराइनले सामन १ विकेट लिए।

प्रतियोगितामा कोलकाता अझै जितबिहीन छ। कोलकाताको ५ खेलमा १ अंक मात्र छ भने चेन्नईको समान खेलमा ४ अंक छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]