खेलकुदमन्त्रीले भने– यू–१९ले टिमले पुरस्कारको रकम दुई दिनमा पाउँछ

5 Dec, 2023

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले यू–१९ क्रिकेट टिमले पूर्वघोषित पुरस्कार रकम दुई दिनमा पाउने बताएका छन्।

यू–१९ एसिया कप खेल्न युएई जान लागेको नेपाली टिमलाई बिदाई गर्न आयोजित कार्यक्रममा यू–१९ टिमका मुख्य प्रशिक्षक जगत टमाटाले पुरस्कार आए खेलाडीहरुलाई उर्जा मिल्ने बताएपछि मन्त्री लिम्बूले पुरस्कारको रकम दिनमा पाउने बताएका हुन्।

खेलाडीहरुलाई शुभकामना दिने क्रममा मन्त्री लिम्बुले पुरस्कार रकम दुई दिनमै खेलाडीहरुको बै‌क खातामा पठाइने बताए। उनका अनुसार यसै कार्यक्रममा नै हस्तान्तरण गर्न सकिन्छ कि भनेर प्रयास भए पनि त्यो सम्भव नभएको बताए।,

‘अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको छ, २ दिनभित्र खेलाडीहरुको खातामा पैसा आउँछ। उच्च मनोबलका साथ जानुस्,’ खेलाडीलाई बिदाई गर्दै मन्त्री लिम्बूले भने।

नेपाली टिम यू–१९ विश्वकपमा छनोट भएपछि सरकारले टोलीका टिमका प्रत्येक सदस्यलाइै जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको थियो।