दीपेन्द्रले दुवै अभ्यास खेल गुमाउने

24 May, 2024

नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले दुवै अभ्यास खेल गुमाउने भएका छन्।

खुट्टाको एंकलमा चोट लागेका कारणले अमेरिकाको स्थानीय टिम ह्युस्टन हुने दुवै अभ्यास खेल दीपेन्द्रले गुमाउने कप्तान रोहित पौडेलले बताएका छन्। चोट सामान्य भएकाले २–३ दिनमा दीपेन्द्र मैदान फर्कने उनले बताए।

दीपेन्दै अघिल्लो साता वेस्टइन्डिजमा भएको अन्तिम अभ्यास खेलका क्रममा घाइते भएका थिए।

जुन २ बाट सुरु हुने विश्वकपमा नेपालले जुन ४मा नेदरल्यान्ड्ससँग टेक्सास खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ। त्यसपछि नेपालले श्रीलंकासँग जुन १२मा फेरिडामा खेल्नेछ। दक्षिण अफ्रिका र बंगलादेशसँग भने नेपालले सेन्ट भिसेन्टमा खेल्नेछ।

नेपालले ४ मध्ये ३ खेल फ्लड लाइटमा खेल्नेछ। नेपालले टेस्ट राष्ट्रहरु श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिकासँग फ्लड लाइटमा खेल्नेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]