दीपेन्द्रले दिए पुलिसबाट राजीनामा, घरेलु क्रिकेट पुलिसबाटै खेल्लान्?

25 Jun, 2025
Share:
117 Shares


नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले प्रहरीबाट राजीनामा दिएका छन्। 

नेपाल प्रहरीमा सहायक हवल्दार रहेका ऐरीले केही दिनअघि राजीनामा दिएको प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी दिए। उनको राजीनामा पनि स्वीकृत भइसकेको छ। 

दीपेन्द्रले घरायसी कारण देखाउँदै राजीनामा दिएको प्रवक्ता घिमिरेले जनाए।

सन् २०२३मा चीनमा भएको एसियन गेम्समा ९ बलमा अर्धशत बनाउँदै कीर्तिमान बनाए पछि नेपाल प्रहरीले दीपेन्द्रलाई सहायक हवल्दारमा बढुवा गरेको थियो।

प्रहरीबाट राजीनामा दिएसँगै दीपेन्द्रले पुलिसबाटै घरेलु क्रिकेट खेल्छन कि खेल्दैनन भन्न चासो उत्पन्न भएका छ। उनी पुलिस टिमका कप्तान हुन्। उनको कप्तानीमा पुलिसले लागतार दुई पटक पिएम कप उपाधि जितेको छ।