दीपेन्द्रले हान एकै ओभरमा ६ छक्का

13 Apr, 2024

एसिसी प्रिमियर कपमा नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीले विस्फोटक ब्याटिङ गरेका छन्।

कतारविरुद्धको जारी खेलमा दीपेन्द्रले अन्तिम ओभरमा ६ छक्का प्रहार गरे। योसँगै उनी टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी बने।

दीपेन्द्रले कमरान खानलाई ६ छक्का प्रहार गरेका हुन्। लगातार ६ छक्कासँगै दीपेन्द्रले २१ बलमा ७ छक्का र ३ चौका मद्दतमा ६४ रन बनाए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]