दीपेन्द्रसिंह ऐरीले उत्कष्ट ब्याटिङ प्रदर्शन गरेपछि नेपाल युएईविरुद्ध जित नजिक पुगेको छ। जिम्बाबेमा जारी एकदिवसीय विश्वकप छनोटका सातौं स्थानको प्लेअफमा लगातार विकेट गएपछि दबाबमा परेको नेपालका लागि दीपेन्द्रले अर्धशतक प्रहार गर्दै नेपाललाई जित नजिक पु¥याएका हुन्।
युएईले दिएको १८२ रनको सामान्य लक्ष्य पछ्याएका लागि सातौं नम्बरमा ब्याटिङ गरेका दीपेन्द्र ७४ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ७५ बनाएर क्रिजमा छन्।
१०६ रन बनाउँदा ७ विकेट गुमाएको नेपालका लागि दीपेन्द्रले सन्दीप लामिछानेसँग आठौं विकेटका लागि ७० रनको उत्कृष्ट साझेदारी गरेका छन्। सन्दीप ३५बलमा २१ रन बनाएर क्रिजमा छन्।
ताज अवस्थामा नेपालले ४१ ओभरमा १७५ रन बनाएको छ। अब नेपाललाई ७ रन मात्र आवश्यक छ।