दीपेन्द्रसिंह ऐरीले आईएल टि–@० लिग खेल्ने, गल्फ जायन्ट्सले गर्‍यो रिटेन

21 Jun, 2024
Share:
117 Shares

नेपाली राष्ट्रिय क्रिकेट टिममा स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरीले युएईमा आयोजना हुने आईएल टि–२० लिग खेल्ने भएका छन्।

पछिल्लो समय उत्कृष्ट फर्ममा रहेका दीपेन्द्रले दोस्रो पटक आईएल टि–२० लिग खेल्न लागेका हुन्।

अघिल्लो सिजन सिजनको अन्तयतिर उनी गल्फ जायन्ट्समा आबद्ध भएका थिए। तर, उनले खेल्ने मौका भने पाएका थिएनन्।

नयाँ सिजनको लागि दीपेन्द्रलाई गल्फ जायन्ट्सले रिटने गरेका छ। उसले दीपेन्द्रसँगै वेस्टइन्डिजका सिम्रन हेटमायर, इंग्ल्यान्डका जेम्स भिन्स, क्रिस जोर्डन, जोर्डन कक्स, स्टकल्यान्डका कप्तान जेरार्ड इरास्मस, जिम्बाबेका फास्ट बलर जुहाइ जुबाइर, युएईका आयन खानलगायतका रिटेन गरेको छ।

अघिल्लो पटक गल्फ जायन्ट्स प्लेअफसम्म पुगेको थियो । उफ प्लेअफ दुबई क्यापिटल्ससँग पराजित भएको थियो।

दीपेन्द्र यसअघि स्कटल्यान्डको स्कटिस सुपर टी–१०का लागि पनि छानिएका छन्। उनी पर्थ रोयल्समा आबद्ध भएका छन्।