आईसिसीको टि-२० वरियतामा दीपेन्द्रसिंह ऐरीको छलाङ, अलराउन्डरतर्फ दोस्रो स्थानमा उक्लिए

2 Oct, 2024
Share:
117 Shares

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को टि–२० वरियतामा नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीले छलाङ मारेका छन्। आईसिसीले गरेको नयाँ अपडेट अनुसार दीपेन्द्र अलराउण्डरतर्फ दोस्रो स्थानमा उक्लिएका हुन्।

क्यानडामा जारी टि–२० सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि दीपेन्द्रले वरियतामा ४ स्थान सुधार गरेका हुन्। यसअघि छैठौं स्थानमा रहेका दीपेन्द्र दोस्रो स्थानमा उक्लिएका छन् ।

आईसिसीको वरियताम कुनै पनि विधानमा नेपाली खेलाडीले प्राप्त गरेको यो माथिल्लो वरियता हो।

यसैसाता सकिएको अस्ट्रेलिया विरुच उत्कृष्ट प्रशर्दन गरेका इंग्ल्यान्डका लियाम लिभिङस्टनवरियतामा शीर्ष स्थानमा छन्। लिभिङस्टोनको रेटिङ २५३ र दीपेन्द्रको २३० छ।

नेपालकै कुशल मल्ल ६ स्थान तल झर्दै ४० औं स्थानमा आएका छन् भने गुल्सन झाले एकै पटक ११ स्थान सुधार गरेका छन्। उनी ५३औं स्थानमा छन्। यस्तै, समान ६८ रेटिङसहित रोहित पौडेल र इंग्ल्यान्सका साम करन ५३औं स्थानमा छन्।

तेस्रो स्थानमा अष्ट्रेलियाका मार्कस स्टोइनिस, चौथो स्थानमा जिम्बावेका सिकन्दर राजा, पाँचौं स्थानमा श्रीलंका वानिन्दु हसरंगा र छैटौं स्थानमा अफगानिस्तानका मोहम्मद नाबी छन्। यस्तै, भारतका हार्दिक पान्ड्या सातौं, पाकिस्तानका इमाद वासिम र दक्षिण अफ्रिकाका एडेन माक्ररम नवौं स्थानमा छन्।