दीपेन्द्रले बनाए नयाँ कीर्तिमान, बने टि–२०मा एक हजार रन बनाउने पहिलो नेपाली क्रिकेटर

Read Time:1 Minute

नेपाली ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले नयाँ कीर्तिमान आफ्ना नाममा लेखाएका छन्।

टियु मैदानमा जारी टि–२० सिरिजको फाइलनमा पपुवा न्युगिनीविरुद्ध २१ रन बनाएसँगै दीपेन्द्र नेपालका लागि टि–२० अन्तर्राष्ट्रियमा एक हजार रन बनाउने पहिलो खेलाडी बनेका हुन्।

नेपाली टिमक सबैभन्दा उत्कृष्ट फर्ममा रहेका दीपेन्द्रले ४० खेलमा १ शतक र ४ अर्धशतक प्रहार गर्दै यो उपलब्धि हाँसिल गरेका हुन्।

नेपालका लागि सर्वाधिक टि–२० अन्तर्राष्ट्रिय रन बनाएका दीपेन्द्रले उनले यही सिरिजमा पूर्वकप्तान पारस खड्काको नामम रहेको ७९९ रनको कीर्तिमान तोडेका थिए ।

अघिल्लो साता पपुवा न्युगिनीविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा शतक प्रहार गरेका दीपेन्द्रले जारी सिरिजमा लिगको अन्तिम खेलमा मलेसियालविरुद्ध अविजित ११० रन प्रहार गर्दै नेपालका लागि दुवै फर्म्याटमा शतक प्रहार गर्ने पारसपछि दोस्रो खेलाडी बनेका थिए ।

दीपेन्द्रको यो इनिङ टि–२०मा नेपालका लागि कुनै पनि खेलाडीले बनाएको उत्कृष्ट इनिङ हो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post पपुवा न्युगिनीविरुद्ध नेपालको मध्यम ब्याटिङ, पावर प्लेमा गुमायो २ विकेट
Next post दीपेन्द्र र करणको उत्कृष्ट ब्याटिङमा नेपालले पिएनजीलाई दियो १६९ रनको लक्ष्य
Close