ब्राभो बने कोलकाताको मेन्टर

28 Sep, 2024

वेस्टइन्डिजका अलराउन्डर ड्वायन ब्राभो आईपिएल टिम कोलकाता नाइट राइडर्सको मेन्टर बनेका छन्।

लामो समयदेखि चेन्नई सुपर किंग्समा रहेका ब्राभोलाई कोलकाता शुक्रबार मेन्टरका रुपमा नियुक्त गरेका हो। कोलकाताले गौतम गम्भीरको स्थानमा ब्राभोलाई मेन्टर बनाएको हो।

गौतम गम्भीर अघिल्लो सिजन मात्र लखनउ सुपर जाइन्ट्सबाट कोलकातामा मेन्टरका रुपमा आएको थियो। लगत्तै उनले टिमलाई च्याम्पियन पनि बनाएका थिए।

गम्भीर भारतीय टिमको मुख्य प्रशिक्षक बनेसँगै कोलकातामा मेन्टर खाली थियो। आगामी सिजन ब्रभो कोलकातामा मेन्टरका भूमिकामा देखिने छन्।

सन् २०११ बाट २०२२ सम्म खेलाडीका रुपमा चेन्नाईमा बाभ्रो पछिल्ला २ सिजन भने त्यहाँ बलिङ प्रशिक्षक थिए। झण्डै डेढ दशकपछि ब्राभोले चेन्नई छाडेका हुन्।

४० वर्षीय ब्रभोले शुक्रबार मात्रै खेलाडी जीवनबाट सन्न्यासको घोषणा गरेका थिए। उनी वेस्टइन्डिजकै सबैभन्दा सफल क्रिकेटर मध्ये एक हुन्।

यस्तै, कोलकाताले मुख्य प्रशिक्षका रुपमा चन्द्रकान्त पन्डितलाई नियुक्त गरेको छ। रायन टेन डुस्काटेको स्थानमा कोलकाताले चन्द्रकान्तलाई प्रशिक्षक बनाएको हो। डुस्काटे भारतीय टिममा गौतम गम्भीरको सहायक प्रशिक्षक छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]