दीपेन्द्रको अनुपस्थितिमा जय ट्रफीमा पुलिसको कप्तानी आरिफले गर्ने, यस्तो छ टिम

3 Jan, 2025

दुई दिवसीय क्रिकेट प्रतियोगिता जय ट्रफी अर्थात एलिट कपमा विभागीय टिम नेपाल पुलिस क्लबको कप्तानी आरिफ सेख गर्ने भएका छन्।

पुस २१ गतेबाट पर्सा र धनुषामा सुरु हुने एलिट कपका लागि पुलिसले टिम घोषणा गर्दै कप्तानीकाे जिम्मेवारी आरिफलाई दिएको हो।

प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिताको उपाधि जित्दै पुलिस एलिट कपका लागि छनोट भएको थियो। त्योबेला कप्तानी दीपेन्द्रसिंह ऐरीले गरेका थिए। तर, दीपेन्द्र युएईमा हुने इन्टरनेशनल टि–२० खेल जाने भएपछि एलिट कपमा कप्तानीको जिम्मेवारी आरिफलाई दिइएको हो।

पुलिसको टिममा अधिकांक राष्ट्रिय खेलाडी छन्। जसमा कुशल भुर्तेल, करण केसी, गुल्सन झा, ललित राजंवशी, सागर ढलका जस्ता खेलाडी छन्। यस्तै, अविनाश कर्ण, अर्जुन साउद, अमित श्रेष्ठ, दिलिप नाथ, राशिद खान पनि टिममा छन्।

टिममा नयाँ अनुहारका रुपमा सुनिल दौल्यान र पिदक सेरेना छन्। टिमको मुख्य प्रशिक्षकमा मञ्जित श्रेष्ठ रहेको छन्। उनी पुलिसकै पूर्वकप्तान पनि हुन्।

पुलिसले एलिट कपमा पर्सास्थित नारायाणी रंगशालामा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबको सामाना गर्नेछ। यो खेल पुस २१ गते हुनेछ। यस्तै उसले २४मा मधेश प्रदेशसँग नारायणी रंगशालामा खेल्दा लिगको अन्तिम खेल पुस २७ गते जनकपुरमा बागमती प्रदेशसँग खेल्ने छ।

लिगको शीर्ष २मा रहने टिमले उपाधिका लागि खेल्ने छन्। फाइनल भने ३ दिवसीय हुनेछ। फाइनल खेल पुस १–३ गतेसम्म हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]