सन्दीप, दीपेन्द्र र रोहितले ग्लोबल टि–२० लिग खेल्ने, सन्दीप र दीपेन्द्र एउटै टिममा

22 Jun, 2024
Share:
117 Shares

नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण तीन सदस्य सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेलले क्यानडामा आयोजना हुने ग्लोब टि–२० लिग खेल्ने भएका छन्।

तीनमध्ये सन्दीप र दीपेन्द्रले एउटै टिमबाट खेल्ने छन्। अघिल्लो सिजन पनि ग्लोबल टि–२० लिगका खेलेका सन्दीप र दीपेन्द्र भ्यान्कुभर नाइट्समा आबद्ध भएका छन्।

यस्तै, नेपाली टिमका कप्तान रोहितकमुार पौडेल भने टोरन्टो नेसनल्सा आबद्ध भएका छन्। रोहित पहिलो पटक विदेशी लिगमा छनोट भएका हुन्।

अघिल्लो सिजन दीपेन्द्रले मोन्टेरियल टाइगर्स र सन्दीपले सुर्रे जागुर्सबाट खेलेका थिए। फाइनलमा पनि यी दुई टिम नै पुगेका थिए। जसमा दीपेन्द्रको टिम विजयी भएको थियो।

भ्यान्कुमार सन्दीप दीपेन्द्रसँगै पाकिस्तानका तीन स्टार बाबजर आजम, मोहम्मद रिजवान र मोहम्मद आमिर छन्। यस्तै, मिचेल रिपोन, पाउल भान मेकेरन, आसिफ अली, ड्वायन प्रेटोरियस, रुबेन तेरुपेलनमलगायत छन्।

यस्तै, कप्तान रोहितको टिममा पाकिस्तानका साहिन साह अफ्रिदी, मोहम्मद नवाज, दक्षिण अफ्रिकाका रसी भान डेर डुसेन, बंगादेशका रिसाद हुनेन, वेस्टइन्डिजका सेरफान रदरफोर्ड, कोलिन मुन्रो लगायत छन्।